नेपालमा पहिलो पटक न्युरोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

 जेठ ४, २०८१ शुक्रबार ९:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पहिलो पटक न्युरोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नसा रोगसम्बन्धी समस्या, उपचार र अभ्यास लगायतको विषयमा छलफल गर्ने उद्देश्यले नेपलिज एकेडेमी अफ न्युरोलोजीको आयोजनामा भोलि र पर्सि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा  विभिन्न देशका नसा रोग विशेषज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनको पूर्व सन्ध्याामा आज विशेषज्ञ चिकित्सकले सीपमूलक तालिम दिने आयोजकले जनाएको छ । सम्मेलनमा नसा रोगको जटिल समस्याको पहिचान, परीक्षणको नयाँ प्रविधि, लक्षण र उपचारकोबारेमा वैज्ञानिकबीच छलफल हुने एकेडेमीका अध्यक्ष प्रा.डा.कृष्ण कुमार ओलीले जानकारी दिनुभयो ।

नसा रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, अमेरिका, स्पेन, होल्याण्ड, श्रीलङ्कालगायत देशका तीन सय भन्दा बढी चिकित्सकहरुको सहभागिता रहने छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया