विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग `वार्मअप´ खेल खेल्ने

 जेठ ४, २०८१ शुक्रबार ९:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले २७ मे अर्थात जेठ १४ गते  क्यानडासँग  खेल्नेछ । यस्तै मे ३०, जेठ १७ गते  अमेरिकासँग खेल्ने तय भएको छ । नेपालले यही मैदानमा नेदरल्याण्ड्ससँग विश्वकपअन्तर्गतको खेलसमेत खेल्दैछ । यसैबीच, विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजसँग हिजो भएको दोस्रो अभ्यास खेल पनि जितेको छ ।

पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले यही टोलीसँग भोलि तेस्रो तथा अन्तिम  अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया