१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने प्रधानमन्त्रीकाे दाबी

 जेठ ४, २०८१ शुक्रबार १२:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट बिजुली निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले भारत मात्र नभएर बङ्गलादेशले समेत नेपालको बिजुली लैजाने गरी शीघ्र सम्झौता हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले बिजुली निर्यात मात्र नभई स्वदेशभित्रै बिजुली खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेकाे उल्लेख गर्दै पेट्रोलियम पदार्थको आयात घटाउने तथा विद्युतीय उपकरण र गाडीलाई प्रोत्साहन गर्ने सरकारको योजना रहेको सुनाउनुभयाे ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया