संसद् बैठकमा ढिलाइ : प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने छलफलमा

 जेठ ४, २०८१ शुक्रबार १२:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुट्नुभएको छ । सिंहदरबारमा चलिरहेकाे बैठकमा तीन जना नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढङ्गले चलाउने लगायतका बारेमा छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अझैसम्म शुरु हुन सकेको छैन । संसदमा हिजो सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच तनाव भएपछि सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो बनेको छ ।

सहकारी अपचलनमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवराेध गर्दै आएको छ ।

हिजो संसद् बैठक बस्नुअघि यस विषयमा दलहरू सहमतिको नजिक पुगेको भनिए पनि त्यसपछि संसदमा भएको तनावले अविश्वास बढाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया