सभामुखले तटस्थता नदेखाएको कांग्रेसको आरोप

 जेठ ४, २०८१ शुक्रबार १२:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले हिजोको संसद् बैठकमा सभामुख देवराज घिमिरेले तटस्थता नदेखाएको आरोप लगाएको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको भन्दै सभामुखलाई तटस्थतापूर्वक बैठक सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिपक्षी दलले विरोध जनाउँदा जनाउँदै सभामुखले बैठक सञ्चालन गरेर गृहमन्त्री रवि लामिछानेलाई बोल्नसमेत समय दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने भन्दै सभामुख घिमिरेले प्रमुख विपक्षी दल बेलमा नारा लगाउँदा र अरू सबै विपक्षी दल उभिएर विरोध जनाउँदासमेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको बताउनुभयो ।

उहाँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारीमा बचत गरेको अर्बाैँ रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधार आफूहरूसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको दाबी गर्नुभयो ।

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको पर्याप्त प्रमाण भएको भन्दै संसदीय समितिमार्फत छानबिन गर्न माग गर्दै आएको छ । हिजोको बैठकमा पनि कांग्रेसले यही माग राख्दै नाराबाजी गर्ने क्रममा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबीच धकेलाधकेल भएको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया