दार्चुलाको राप्लामा खाद्यान्नको चामल डिपोसम्म पुगेन

 जेठ ४, २०८१ शुक्रबार १३:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्नको चामल खाद्य डिपोसम्म पुग्न सकेको छैन । गाउँपालिकाको वडा २ राप्ला डिपोका लागि छुट्याएको नियमित कोटाको खाद्यन्न चामल डिपोमा नपुग्दा त्यहाँका स्थानीय समस्यामा परेका छन् ।

व्याँसकाे राप्लाका स्थानीय ऐत सिंह बुढाथोकीकाअनुसार खाद्य डिपोमा चामल नहुँदा बजारको महँगाे चामल किनेर खानुपरेको छ । राप्ला डिपोमा खाद्य संस्थानबाट पाँच सय क्विन्टल चामलको कोटा भए पनि गएको माघ महिनादेखि डिपोमा चामल सकिएको उहाँले बताउनुभयो । डिपोमा चामल नपुग्दा राप्लाका ७० देखि ८० घर परिवार प्रभावित भएका छन् ।

खेतबारीमा उत्पादन हुने अन्नले वर्षभरि खान नपुग्ने भएकाले डिपोमा चामल नआउँदा स्थानीय महँगाेमा चामल किन्न बाध्य छन् । राप्ला डिपोमा खाद्यान्नको चामल सकिएकोबारे सरोकारवाला पक्षहरूलाई जानकारी दिए पनि चामल ढुवानी नभएको स्थानीयकाे गुनासाे । अहिले उनीहरूले भारतीय बजार धार्चुला र गस्कुबाट चामल किनेर खाने गरेका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया