बाग्मतीलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

 जेठ ४, २०८१ शुक्रबार १५:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउट भयो । बाग्मतीकी कृष्मा गुरुङले सबैभन्दा धेरै १६ रन बनाइन् । सुदूरपश्चिमकी ऋतु कनौजियाले ३ तथा कविता जोशी र लक्ष्मी साउदले समान २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनायो । सुदूरपश्चिमकी सम्झना खड्काले नट आउट ७४ रन बनाइन् । बाग्मतीकी कृष्मा गुरुङले १ विकेट लिइन् ।

अब सुदूरपश्चिमले उपाधिका लागि भोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया