रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढ्यो, वैदेशिक व्यापार २ दशमलव ९ प्रतिशतले घट्यो

 जेठ ४, २०८१ शुक्रबार १५:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।

यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २ दशमलव ९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा वस्तु निर्यात ३ दशमलव ७ प्रतिशतले घटेको छ भने वस्तु आयात २ दशमलव ८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ८ प्रतिशतले घटेको उल्लेख छ । आयातमा भएको सङ्कुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता एक सय ७९ अर्ब ४८ करोड र शोधनान्तर तीन सय ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर एक सय ७४ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को नौ महिनासम्ममा चालु खर्च ६ सय ४४ अर्ब ३ करोड रुपैयाँ भएको जनाएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया