गाजामा युद्धविरामको आदेश दिन र रफाहमा इजरायली आक्रमण रोक्न दक्षिण अफ्रिकाको आग्रह

 जेठ ४, २०८१ शुक्रबार १५:१३:१६ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकाले गाजामा युद्धविरामको आदेश दिन र रफाहामा इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको छ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीविरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको समाचार संस्था अलजजिराले जनाएको छ ।

गाजामा इजराइलको आक्रमणलाई लिएर दक्षिण अफ्रिकाले जनवरीमा मुद्दा दायर गरेको थियो । दक्षिण अफ्रिकी वकिल टेम्बेका एनग्कुकाइटोबीले ‘नरसंहार’ को परिणाम निम्त्याउन सक्ने ‘स्पष्ट चेतावनी’ हुँदाहुँदै पनि इजराइलले रफाहमा आक्रमण गर्न दबाब दिइरहेको बताउनुभयो ।

इजरायलले सन् १९४९ को नरसंहार महासन्धि उल्लङ्घन गरेको भन्ने दक्षिण अफ्रिकाको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । अदालती सुनुवाइको केही मिनेटअघि इजराइली रक्षामन्त्री योव गालान्टले व्यापक रूपमा आलोचना गरिएको रफाह ‘अपरेशन’ जारी रहने बताउनुभएको खबरमा उल्लेख छ ।

आईसीजेका न्यायाधीशहरूले पहिले नै गाजामा मानवीय पीडा सीमित गर्न अस्थायी उपायहरू जारी गर्दै इजराइललाई आवश्यक पहल गर्न आदेश दिएका थिए । ती प्रावधानमध्ये इजराइलले गाजामा गम्भीर भोकमरीबाट पीडित प्यालेस्टिनीलाई ढिलाइ नगरि आधारभूत खाद्यान्न आपूर्ति सुनिश्चित गर्नु थियो ।

यस महिना इजराइली सेनाले मानवीय सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दु गाजा पट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङको प्यालेस्टिनी पक्ष कब्जा गरी बन्द गरेको हो । सहायता एजेन्सीहरूले इजराइलको यो कदमले उनीहरूको सहायता सञ्चालनमा उल्लेखनीय बाधा पुर्याएको चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया