मेयर कप फुटबलको फाइनलमा काठमाण्डौ र चन्द्रागिरि खेल्ने

 जेठ ४, २०८१ शुक्रबार १५:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिका ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल’ प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुरको च्यासल मैदानमा भएको सेमिफाइनल खेलमा मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराउँदै काठमाण्डौ महानगरको उपाधि नजिकै पुगेको हो ।

अब काठमाण्डौ महानगरले उपाधिका लागि चन्द्रागिरि नगरपालिकासँग खेल्नेछ । अर्काे सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरि फाइनलमा पुगेको हो । फाइनल खेल भाेलि हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा महानगरपालिकाको टिमले बूढानीलकण्ठ नगरपालिका, क्वार्टरफाइनलमा गोदावरी ‘बी’ लाई हराएको थियो ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख, उपविजेता टिमले तीन लाख र अनुशासित टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया