काेशी प्रदेश सरकार विस्तार : ५ मन्त्री र २ राज्यमन्त्री थपिए

 जेठ ४, २०८१ शुक्रबार १८:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाउनुभएको छ ।

यही वैशाख २७ गते मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । आज पाँच जना मन्त्री र दुई जना राज्यमन्त्री थपेर कार्यविभाजनसमेत गरिएको छ ।

नेकपा एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लीलावल्लभ अधिकारी, नेकपा (माओवादी केन्द्र) बाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्नुभएको छ । त्यसैगरी एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बन्नुभएको थियाे ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया