ट्राफिक प्रहरी जवानकाे हत्या आराेपमा ७ जना पक्राउ

 जेठ ६, २०८१ आइतबार १५:३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाण्डौ जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपरको चाँगुनारायण नगरपालिकाका २१ वर्षीय सचिन परियार, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिकाकी २१ वर्षीया बसुन्धारा कार्की र ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तादी गाउँपालिकाका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३० वर्षीय अमृत तामाङ तथा उदयपुरका १३ वर्षीय किशोर रहेका जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उनीहरू अहिले काठमाण्डौका विभिन्न ठाउँका सडक पेटी, निर्माणीधन घरहरूमा आश्रय बनाई बस्दै आएका व्यक्ति हुन् ।

ड्युटी सकेर सहकर्मीहरूसँग छुट्टिएका प्रहरी जवान युवराज घिमिरे घर जानुअघि खाजा/नास्ता खान काठमाण्डौको तारकेश्वर नगरपालिका–११ मा रहेको एक खाजा घरमा प्रवेश गर्दा सचिन र अञ्जली पनि त्यही खाजा खान आइपुगेका प्रहरीले जनाएको छ ।

युवराज र सचिनबीच परिचय रहेको तथा सचिनकै आग्रहमा युवराजले उनीहरूलाई अहिले आश्रय लिइरहेको ठाउँसम्म मोटरसाइकलमा पुर्‍याएका थिए । त्यहाँ पुगिसकेपछि प्रहरी जवान युवराजको हेल्मेट खोसेर सचिनले उनलाई प्रहार गरेका तथा त्यहाँ रहेका बसुन्धारा, नुनमाया, बुद्ध, अमृत र किशोरले रड, इँटा ढुङ्गालगायतको प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

युवराजलाई कुटपिट गरी हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायतका कारण हुनसक्नेतर्फ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको शव गएको शुक्रवार तारकेश्वरको मनमैजुमा फेला परेको थियो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया