आईपीएल क्रिकेटमा कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द , हैदराबाद दोस्रो स्थानमा

 जेठ ७, २०८१ सोमबार ६:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो ।

दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन् । तर वर्षाका कारण गएरातिको खेलमा अङ्क बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । त्यसअघि हैदराबादमा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।

जितपछि हैदराबाद  दोस्रो हुँदै प्लेअफमा पुगेको छ । हैदराबाद र राजस्थान दुवैको १७ अङ्क रहे पनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्यो । हैदराबाद र कोलकाता भोलि फाइनल प्रवेशका लागि खेल्नेछन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया