इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटना

 जेठ ७, २०८१ सोमबार ६:४७:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ ।

हेलिकप्टरमा राष्ट्रपतिसँगै  विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अरु धेरै व्यक्ति रहेका इरानका गृहमन्त्री अहमद वाहिदीले पुष्टि गर्नुभएको छ ।

हेलिकप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमकाअनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो । दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया