प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

 जेठ ७, २०८१ सोमबार ६:५५:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो । आर्सनललाई  २ अङ्कले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरेपछि अर्को गोल हुन सकेन ।

गएरातिको अर्को खेलमा आर्सनलले  एभर्टनलाई  २–१ ले हराएको थियो । तर  उपाधिका लागि पर्याप्त भएन । म्यान्चेस्टर सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अङ्क बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अङ्कमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍याे ।

यसैगरी गएरातिको अरु खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २–० ले हरायो । लिभरपुलले उल्भ्सलाई पनि २–० ले हरायो । तेस्रो स्थानको लिभरपुलको ३८ खेलमा ८२ अङ्क रहेको छ । यस्तै चेल्सीले बर्नमाउथलाई २–१ ले हराएको थियो भने टोटनहमसंग सेफिल्ड युनाईटेड ३–० ले पराजित भएको थियो ।

गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ५–० ले हराएको थियो । न्यु क्यासलले ब्रेन्टफोर्डलाई ४–२ गोल अन्तरले हरायो । यसैगरि फुलह्यामसँग लुटन टाउन ४–२ ले पराजित भयो । नटिङगम फरेस्टले बर्नलीलाई २–१ ले हरायो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया