म्यानचेस्टर सिटीका फोडेन प्रिमियर लिगको उत्कृष्ट वर्ष खेलाडी घोषित

 जेठ ७, २०८१ सोमबार ९:३:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

म्यानचेस्टर सिटीका फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् । म्यानचेस्टर सिटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेकै बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए । चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया