संसदीय छानबिन समिति गठन अनिश्चित, दलहरु आआफ्नै अडानमा

 जेठ ७, २०८१ सोमबार ९:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तापक्ष र प्रतिपक्ष दलहरुका आआफ्नै अडानका कारण सहकारीको बचत अपचलन प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समिति अनिश्चित भएको छ । समितिको क्षेत्राधिकारबारे दलहरुबीच विवाद कायमै छ । समितिको क्षेत्राधिकारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र तीन वटा सहकारीको नाम राख्ने या नराख्नेबारे सहमति हुन सकेको छैन ।

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको बचत अपचलनमा संलग्न भएकोले उहाँ र बचत अपचलन गर्ने निजी कम्पनीमाथि समेत छानबिन हुने गरी क्षेत्राधिकार तोकिनुपर्ने अडान राखेको छ । तर छानबिनअघि नै दोषी करार हुने गरी व्यक्ति र कम्पनीको नाम राख्न नहुने सत्तारूढ दलहरुको अडान छ ।

अस्ति शनिवार सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहकारीको बचत अपचलनको छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । समितिको क्षेत्राधिकार टुंग्याउने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलमा हिजो दिनभर छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

हिजो संसदमा उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको सम्बोधन र लगत्तै कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलनमार्फत दिएको जवाफपछि दलहरुबीचको विवाद झन् बढेको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया