इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो

 जेठ ७, २०८१ सोमबार ९:१७:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उद्धारकर्ताहरूले इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाएका छन् । इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटनास्थल पत्ता लागेको इरानी सरकारी समाचार एजेन्सीले बताएको सीएनएनले जनाएको छ ।

टर्कीले राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न पठाएको ड्रोनले एउटा विकट गाउँ नजिकको पहाडमा हेलिकप्टर ठोक्किएर दाग बसेको ठाउँ पत्ता लगाएको खबरमा उल्लेख छ । तर सही ठाउँको सूचना भने सार्वजनिक गरिएको छैन ।

खराब मौसमका कारण हिजो हेलिकप्टर दुर्घटना भएको आँकलन गरिएको छ । बाक्लो कुहिरो र अत्याधिक चिसो मौसमका कारण दुर्घटना भएको स्थान पत्ता लगाउन उद्धारकर्मीलाई समस्या भईरहेको छ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया