प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, एउटै कार्यकालमा चौथो पटक मत पाउन सफल

 जेठ ७, २०८१ सोमबार १३:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । आजको मतदानमा एक सय ५८ जना सांसद रहेका थिए । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो ।

आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो । २०७९ सालको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले विभिन्न गठबन्धन परिवर्तन भइरहँदा यसअघि तीन पटकसम्म संसदबाट विश्वासको मत पाउनुभएको थियो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया