गृहमन्त्री लामिछानेलाई अवहेलनाकाे कारबाही गर्न धनराज गुरुङकाे निवेदन

 जेठ ७, २०८१ सोमबार १८:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री रवि लामिछानेलाई अवहेलनाको कारबाही गर्न माग गरेर नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिनुभएको छ ।

हिजो प्रतिनिधि सभाको बैठकमा आफूमाथि रातो पासपोर्ट बेचेको जस्तो गम्भीर आरोप लगाएकोले लामिछानेमाथि अवहेलनाको कारबाही गर्न कांग्रेसका नेता गुरुङले निवेदन दिनुभएको हो । रातो पासपोर्टको मुद्दामा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई लामिछानेले तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेको गुरुङको दाबी छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया