नेपालमा साढे ५ प्रतिशतभन्दा धेरै जनसङ्ख्या पहिरोको उच्च जोखिममा

 जेठ ७, २०८१ सोमबार १८:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा साढे पाँच प्रतिशतभन्दा धेरै जनसङ्ख्या पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको नेपालको प्रकोप वृद्धिसम्बन्धी प्रतिवेदनअनुसार कुल जनसङ्ख्याको दुई दशमव पाँच प्रतिशत अतिउच्च जोखिम र तीन प्रतिशत उच्च जोखिममा रहेका देखाएको हो । यस्तै दुई दशमलव पाँच प्रतिशत मध्यम जोखिममा रहेका छन् ।

प्रतिवेदनअनुसार देशका ३३ दशमलव ६३ प्रतिशत वडाका बासिन्दा पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै देशका शून्य दशमलव चार प्रतिशत मानिस बाढीको अति उच्च जोखिममा र एक दशमलव आठ प्रतिशत उच्च जोखिममा रहेका छन् । सात दशमलव एक प्रतिशत मध्यम जोखिममा रहेका प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार ४० दशमलव ५९ प्रतिशत वडा बाढीको जोखिममा रहेका छन् । सबैभन्दा धेरै नवलपरासीका ८२ प्रतिशत वडामा बाढी र रसुवाका ८१ प्रतिशत वडा पहिरोको जोखिममा रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार बाढी, पहिरो, डुबान, हुरीबतास र खडेरी नेपालका प्रमुख पाँच मुख्य प्रकोप हुन् । तथ्याङ्क विभागले २०७८ सालमा राष्ट्रिय जनगणनाका क्रममा देशभरिका वडामा प्रकोप जोखिमको तथ्याङ्क सङ्कलन गरेको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया