घरजग्गा कारोबार वैशाखमा पनि सुध्रिएन

 जेठ ७, २०८१ सोमबार १८:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वैशाखमा पनि घरजग्गा कारोबारमा सुधार आएकाे छैन । वैशाखमा देशभर ४९ हजार सात सय ८२ सङ्ख्यामा घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

यसअघि चैतमा देशभर ५० हजार दुई सय ५२ सङ्ख्यामा घरजग्गा किनबेच भएको थियो । वैशाखमा कारोबारसँगै राजस्व पनि घटेको छ । चैतमा तीन अर्ब ९४ करोड रुपैयाँ राजस्व प्राप्त भएकोमा वैशाखमा घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब ८६ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ ।

यस्तै बैंकहरूले ब्याजदर घटाए पनि वैशाखमा निक्षेप रकम बढेको छ । यसैगरी कर्जा लगानी घटेको छ । चैतको तुलनामा वैशाखमा निक्षेप रकम २६ अर्ब रुपैयाँले बढेको र कर्जा लगानी १५ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स सङ्घले जनाएको छ । चैत अन्त्यमा वाणिज्य बैंकहरूमा ५४ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा यो बढेर ५४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो । यस्तै कर्जा लगानी ४५ खर्ब ३७ अर्बबाट घटेर ४५ खर्ब २२ अर्ब रुपैयाँमा झरेको हो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया