अन्तर्राष्ट्रिय फौजदारी अदालतले सामूहिक हत्याको आरोप लगाउन नमिल्ने इजरायलका प्रधानमन्त्रीको तर्क

 जेठ ८, २०८१ मंगलबार ९:३०:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफू र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ । नेतन्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराको रुपमा तुलना गरिएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

यसअघि आईसीसी प्रमुख अभियोजक करीम खानले इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी माग गर्नुभएको थियो । हमासका राजनीतिक नेता इस्माइल हानियाह, यसका सैन्य प्रमुख मोहम्मद डेफलाई पनि पक्राउ गर्ने तयारी रहेको खबरमा उल्लेख छ ।

आईसीसीले  विभिन्न  प्रमाणको आधारमा इजरायलका प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार रहेका दाबी गरेको छ । हेगमा रहेको आईसीसीले विगत तीन वर्षदेखि गाजामा इजरायलको कारबाही र हालै हमासको कारबाहीबारे अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया