चितवनको कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते

 जेठ ८, २०८१ मंगलबार १२:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – चितवनको कुरिनटारमा आज बिहान माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बा ३ ख ६६१० नम्बरको माइक्रोबस र बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा ठोक्किँदा माइक्रोबसमा रहेका १३ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । १२ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र एक जनालाई काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि कुरिनटारमा केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले सहजरूपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया