कांग्रेसको नाराबाजी र होहल्लाकै बीच संसदबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

 जेठ ८, २०८१ मंगलबार १३:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच आज पनि प्रतिनिधि सभाको बैठक बसेको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसका सांसदहरूले आज पनि नाराबाजी र होहल्ला गरेका थिए ।

कांग्रेसको अवरोधकै बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले वाचन गर्नुभएको नीति तथा कार्यक्रम संसदमा टेबल गर्नुभयो । त्यसपछि सभामुखले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश गरेपछि बहुमतको आधारमा धन्यवादको प्रस्ताव पारित भएको छ ।

आजको बैठकको शुरुमै आफ्ना भनाइ राख्दै नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले लाखौँ सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट आफूहरू नभाग्ने बताउनुभयो । उहाँले बचतकर्ताको रकम फिर्ता नभएसम्म आन्दोलन नरोकिने पनि बताउनुभयो ।

विभिन्न सहकारीबाट गृहमन्त्री लामिछानेले रकम लिएको पुष्टि भएको जिकिर गर्दै पाण्डेले संसदीय छानबिन समितिको मागबाट कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया