रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई युक्रेनी राष्ट्रपतिकाे आग्रह

 जेठ ८, २०८१ मंगलबार १५:१९:२७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गर्नुभएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका गाउँहरू धमाधम कब्जा गर्न थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसलाई परास्त गर्न आफूले साझेदार देशहरूबाट प्रत्यक्ष संलग्नताको अपेक्षा गरेको बताउनुभएको छ ।

कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार जेलेनेस्कीले सबैजसो पश्चिमा हतियारको प्रयोगको अनुमति दिन पनि माग गर्नुभएको छ । उहाँले नाटोका हतियार र मिसाइल प्रयोग गरेर रुसी मिसाइल रोकिदिनुपर्ने बताउनुभएको छ ।

रुसले सन् २०२२ मा आक्रमण शुरु गरेदेखि युक्रेनमा हजारौँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ । रुसले यही मे १० तारिखदेखि खार्किभको उत्तरपूर्वी सीमा क्षेत्रमा आक्रमण शुरु गरेको छ ।

रुसले युक्रेनविरुद्ध तीन सय वटा विमान प्रयोग गरिरहेको बताउँदै जेलेनेस्कीले रुसविरुद्ध आकाशमै प्रतिरोध गर्न कम्तीमा एक सय ३० वटाभन्दा धेरै लडाकु विमान चाहिएको र यो सहयोग नाटो तथा पश्चिमा देशले गर्न सक्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया