बजेट अभावका कारण पर्वतका १ सय १५ वटा खानेपानी आयोजना अधुरै

 जेठ ८, २०८१ मंगलबार १५:२९:१ | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्वत – बजेट अभावका कारण पर्वतका एक सय १५ वटा खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएका दुईवर्षे र पाँचवर्षे योजना बजेट अभावमा १५ वर्षसम्म पनि बन्न सकेका छैनन् ।

सङ्घीय र प्रदेश सरकारका दुई करोडदेखि २० करोड रुपैयाँ लागतका एक सय ३० वटा खानेपानी आयोजना छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङको पर्वत इकाइका इन्जिनियर प्रेम थापाले सात वटा पालिकामा रहेका ती आयोजना सम्पन्न गर्न अहिलेको अवस्थामा एक अर्ब ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने बताउनुभयो । तर मन्त्रालयले बर्सेनि १० प्रतिशतभन्दा बढी बजेट दिन सकेको छैन । त्यसैले कम्तीमा दुईदेखि बढीमा पाँच वर्षभित्र सम्पन्न हुनुपर्ने योजना दशाैँ वर्षसम्म पनि निर्माण नभएको थापाले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बर्सेनि कम्तीमा ५० करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा चालू आर्थिक वर्षमा १८ करोड ९० लाख रुपैयाँको मात्र अख्तियारी आएको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया