राजनीतिक दल संशाेधन विधेयक प्रतिनिधि सभाबाट फिर्ता

 जेठ ८, २०८१ मंगलबार १५:१६:५० | रासस
unn.prixa.net

काठमाण्डाै – ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रतिनिधि सभाबाट फिर्ता भएको छ । आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले याे विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक दल संशाेधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । सभामुख घिमिरेले याे प्रस्तावमाथि विरोधको सूचना भए पेश गर्न आग्रह गर्नुभएको थियो । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले याे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहीवार बिहान ११ बजे बस्नेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया