बङ्ग्लादेश र अमेरिकाबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि

 जेठ ८, २०८१ मंगलबार १५:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ ।

शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्ग्लादेशको कप्तानी लिटन दास र अमेरिकाको कप्तानी मोनान्क पटेलले गर्दैछन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ । नवौँ संस्करणको टी–२० विश्वकप आउँदो जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ ।

प्रतियोगिताका लागि पाकिस्तानबाहेक सबै देशले टोली घोषणा गरिसकेका छन् । प्रतियोगितामा सहभागी २० देशलाई चार वटा समूहमा राखिएको छ । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया