हिउँ तथा बरफ पग्लेर समुद्रको सतह बढ्दा कच्चा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या

 जेठ ८, २०८१ मंगलबार १८:२७:३१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

हिउँ तथा बरफ पग्लेर समुद्रको सतह बढ्दा कच्चा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताले आज सार्वजनिक गरेको प्रतिवेदनले ढुवानीमा आएको समस्याका कारण चीन, दक्षिण कोरिया, जापानलगायत आयात निर्भर देशहरूमा ऊर्जा असुरक्षा बढ्ने जोखिम रहेको देखाएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

चाइना वाटर रिस्क थिङ्क ट्याङ्कले सार्वजनिक गरेको प्रतिवेदनमा पृथ्वीमा बढ्दो तापक्रमले हिउँ पग्लिने क्रम बढेको र यसले कतिपय समुद्रमा एक मिटरभन्दा धेरै सतह बढ्नसक्ने जोखिम रहेको उल्लेख छ । यसअघि संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन २०२१ ले यही शताब्दीको अन्त्यसम्ममा औसत समुद्री सतह एक मिटरभन्दा धेरै बढ्न सक्ने र कतिपय ठाउँमा दुई मिटरसम्म बढ्ने अनुमान गरेको थियो ।

समुद्रको सतह बढ्दा तेल बन्दरगाह डुबाउने, तटीय क्षेत्रका प्रशोधनस्थल दलदलमा पर्न सक्ने जोखिम रहेको आज सार्वजनिक प्रतिवेदनमा चेतावनी दिइएको छ । समुद्रको सतह एक मिटर मात्रै बढ्दा पनि कच्चा तेल आयात–निर्यात गर्ने ठूला १५ वटा बन्दरगाहमध्ये १२ वटामा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

तीमध्ये पाँच वटा एशियामा छन् । समुद्रको सतह बढेर तेल ढुवानीमा समस्या हुँदा सबैभन्दा बढी एशियाका देश प्रभावित हुने भन्दै प्रतिवेदनले बन्दरगाह सुधारमा ढिलाइ नगर्न सुझाव दिएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया