ललितपुर महानगरपालिकामा आज स्थानीय विदा

 जेठ ९, २०८१ बुधबार ९:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुर महानगरपालिकाले आज महानगरमा स्थानीय विदा दिएको छ । महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा विदा दिएको हो ।

महानगरको नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बठैकले नरिवल खसाल्ने दिन विदा दिने निर्णय गरेको थियो । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले हिजो सूचना निकालेर विदाबारे जानकारी दिनुभएको थियो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्र नाथको रथयात्रा गएको वैशाख २९ गतेदेखि शुरु भएको हो । पुल्चोबाट रथयात्रा शुरु भएपछि गाबहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङ्गमतीमा राखिन्छ । सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा रहेको छ ।


 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया