आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

 जेठ ९, २०८१ बुधबार ९:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

यस वर्षको जैविक विविधता दिवसको नारा ‘योजनाको हिस्सा बन्नुहोस्’ रहेको छ । अर्थात् यस वर्ष राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप गतिशिल हुन जैविक विविधता योजनाको हिस्सा बन्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतिका आणुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ । नेपाल भौगोलिक रूपले सानो देश भए पनि, जैविक विविधताको हिसाबले विश्वको २५ औँ र एसियाको ११ औँ स्थानमा रहेको छ ।

विश्वमा पाइने कुल वनस्पती प्रजातिको ३ दशमलव दुई प्रतिशत र कुल जीवजन्तु प्रजातिको एक दशमलव एक प्रतिशत नेपालमा पाइन्छ । यी प्रजातिहरूमध्ये कैयौँ रैथाने प्रजाति छन् । केही नेपालमा मात्रै पाइने प्रजाति पनि छन् । विविध भूबनोट, दुर्लभ जीव र वनस्पति प्रजाति रहेको नेपालको जैविक विविधता महत्त्वपूर्ण छ । नेपालमा अहिलेसम्म वनस्पतिका झण्डै १२ हजार प्रजाति सूचीकृत भइसकेका छन् ।

यस्तै, पक्षी ८९५, माछा २३०, स्तनधारी २१८ र सरिसृपका ११७ प्रजाति सूचीकृत छन् । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बरिष्ठ माटो विज्ञ बलराम रिजालले जैविक विविधताको चर्चा गर्दा कृषी जैविक विविधता ओझेलमा पर्ने गरेको बताउनुभयो ।

कृषि प्रणालीलाई किरा तथा शुक्ष्म जीवहरुले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । तर पछिल्लो समयमा बिषादी तथा रासायनिक मलको प्रयोगले गर्दा मासिदै गएका उहाँको भनाई छ । जलवायु परिवर्तनका कारण सृजित समस्यामा पनि हाम्रा रैथाने बालीहरु महत्वपूर्ण हुने संरक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ बलराम रिजाल बताउनुहुन्छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया