गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन

 जेठ ९, २०८१ बुधबार ९:५१:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा निर्देशनालयले अस्ति सोमवार सूचना निकालेर यही जेठ ११ देखि जेठ ३० गतेसम्म सबै विद्यालयलाई गर्मी बिदा दिन निर्देशन दिएको हो ।

केही विद्यालय बन्द भईसकेका छन् भने केहीले बन्द गर्ने तयारी गरेका छन् । दिल्लीको अधिकतम तापक्रम ४७ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम विभागले केहीदिनको लागि रेड अलर्ट जारी गरेको छ । भारतीय मौसम विभागले यो हप्ता दिल्लीमा अझै गर्मी बढ्ने पूर्वानुमान गरेको छ ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा विश्वभर असर परेको वैज्ञानिकले बताउँदै आएका छन् । तापक्रम बढेसँगै दिल्लीमा लू को लहरको अवधि पहिलेको भन्दा बढेको पाइएको छ । जनस्वास्थ्यका लागि पहिलेको भन्दा लूले गम्भीर असर देखाइरहेको हुनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया