काभ्रेको महादेवटारमा दम्पती मृत फेला

 जेठ ९, २०८१ बुधबार ९:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय मानबहादुर बल र उहाँकी श्रीमती केकाइमाया मृत अवस्थामा भेटिनुभएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाकाअनुसार बल दम्पतीको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको छ । हिजो शव फेला परेको घटनापछि प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्व र ईलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोली खटिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।  

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया