कोठाभाडा तिर्न नसक्दा....

 जेठ ९, २०८१ बुधबार १०:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउनुहुन्थ्यो । ट्याक्सी चलाउँदा पनि आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । उहाँले १५ वर्षदेखि टयाक्सी चलाउँदै आउनुभएको थियो । श्रीमतीले छोडेपछि नगरकोटी छोरा रिचेन र छोरी रश्मीसँग काठमाण्डौको रविभवन, गणेशथानमा कोठा भाडामा बस्दै आउनुभएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा आर्थिक अवस्थाकै कारण नगरकोटीले आत्महत्या गरेको खुलेको जानकारी दिनुभयो । नगरकोटीको हिजो विहान शव फेला परेको थियो । उहाँका छोरा रिचेन पनि घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जनाले ट्याक्सीमा रात कटाउँदै आएका र रिचेन र रश्मीको मानसिक अवस्था पनि सामान्य नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया