गाजाका अस्पताल तथा मानव बस्तीमा इजरायलको आक्रमण जारी

 जेठ ९, २०८१ बुधबार १२:४६:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले गाजाका अस्पताल तथा मानव बस्तीमा आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा रहेको एक अस्पतालमा आक्रमण गर्दा बालबालिकासहितका नागरिक घाइते एका छन् । इजरायली सेनाले अस्पताल नजिकैको आवासीय क्षेत्रमा पनि बम आक्रमण गरेर ध्वस्त बनाएको छ ।

इजरायलले निरन्तर आक्रमण गरिरहँदा गाजामा सहायता संस्थाहरूले पठाएका भनिएको पाँच सय ६९ टन मानवीय सहायता प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । त्यहाँ भोकै रहेका प्यालेस्टिनीलाई राहतमा आएका खाद्यान्न वितरण गर्नसमेत नसकिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमले गाजामा मानवीय सहायताका सबै कार्यक्रम बन्द हुने चेतावनी दिँदै तत्काल ठूलो परिमाणमा खाद्यान्न नपुग्दा अनिकालको अवस्था आउने जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया