पाकिस्तान र इङ्ग्ल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि, जाेफ्रा आर्चर फर्किए

 जेठ ९, २०८१ बुधबार १५:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पाकिस्तान र इङ्ग्ल्यान्डबीचको चार खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल राति सवा ११ बजे इङ्ग्ल्यान्डको लीड्समा शुरु हुनेछ ।

शृङ्खलाको दोस्रो खेल आउँदो शनिवार, तेस्रो खेल मङ्गलवार र चौथो तथा अन्तिम खेल बिहीवार हुनेछ । आजको खेलमा इङ्ग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर पनि खेल्दैछन् । आर्चरले पछिल्लाे पटक सन् २०२३ मार्च १४ मा मिरपुरमा बङ्ग्लादेशसँगकाे टी–२० क्रिकेट शृङ्खला खेलेका थिए । चोटका कारण मैदानबाहिर रहेका उनी लामाे समयपछि मैदानमा फर्किन लागेका हुन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ । नवौँ संस्करणको टी–२० विश्वकप आउँदो जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ ।

प्रतियोगिताका लागि पाकिस्तानबाहेक सबै देशले टोली घोषणा गरिसकेका छन् । प्रतियोगितामा सहभागी २० देशलाई चार वटा समूहमा राखिएको छ । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया