विदेश पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गरेकाे आराेपमा काठमाण्डाैबाट ३ जना पक्राउ

 जेठ ९, २०८१ बुधबार १५:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा पठाइदिने भनेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारि चार जना व्यक्तिबाट ३० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा कैलालीको भजनी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने विशाल हमाल, काठमाण्डाै महानगरपालिका0७ चाबहिल बस्ने प्रशान्त पण्डित र सप्तरीकाे कोइलाली गाउँपालिका–३ घर भई काठमाण्डाै–३२ तीनकुने बस्नेसैलेश कुमार झा रहेका छन् ।

प्रहरीका अनुसार विशालले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १६ लाख ७० हजार, प्रशान्तले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट आठ लाख र सैलेशले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया