१० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल भित्रिए, सबैभन्दा धेरै चीनबाट

 जेठ १०, २०८१ बिहीबार १८:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल फोन आयात भएका छन् ।

भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ लाख २८ हजार थान मोबाइल फोनको आयात भएका छन् । यो पोहोरको १० महिनाको तुलनामा चार अर्ब रुपैयाँभन्दा धेरै हो । गएको वर्षको साउनदेखि वैशाखसम्म २० अर्ब ४१ करोड रुपैयाँ मूल्यका १३ लाख थान मोबाइल आयात भएका थिए ।

सबैभन्दा धेरै चीनबाट १५ अर्ब ८० करोड रुपैयाँ मूल्यका १० लाख ९५ हजार थान मोबाइल आयात भएका छन् । यस्तै भारतबाट १० महिनामा सात अर्ब ८१ करोड रुपैयाँका मोबाइल फोन आयात भएका भन्सार विभागले जनाएको छ ।

अहिले गाउँ–गाउँमा पनि स्मार्टफोनको प्रयोग बढ्न थालेसँगै आयात पनि बढिरहेको हो । यस्तै सरकारले विदेशबाट फर्कनेहरूले ल्याउने एउटाभन्दा धेरै मोबाइल फोनमा पनि भन्सार लगाउने निर्णय कार्यान्वयन गर्दा पनि मोबाइल फोनको आयात धेरै देखिएको व्यवसायीहरूले बताएका छन् ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया