विद्युतीय 'चिप' उद्याेगका लागि दक्षिण कोरियाद्वारा १९ अर्ब डलरको सहायता योजना घोषणा

 जेठ १०, २०८१ बिहीबार १५:१९:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

दक्षिण कोरियाले विद्युतीय चीप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा स्थापना भइसकेका र अब स्थापना हुने चिप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गर्नुभएको रोयटर्सले जनाएको छ ।

अहिले विश्व चिप युद्धमा प्रवेश गरेको र यो युद्धमा चीन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा चलिरहेको विश्लेषण भइरहेको छ । यस्तो समयमा दक्षिण कोरियाले चीप उद्योगमा लगानी सहजीकरण र सहायता योजनाको घोषणा गर्नुलाई महत्त्वका साथ हेरिएको छ । अहिले दक्षिण कोरियामा चिप बनाइरहेका सामसङ र एसके हाइनिक्स विश्वकै ठूला कम्पनी मानिन्छन् ।

चिप उद्योगको वृद्धिले एकातिर अहिलेको प्रतिस्पर्धात्मक विश्वमा दक्षिण कोरिया पहिलो नम्बरमा पुग्ने र अर्कोतिर रोजगारी वृद्धिसँगै देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने सरकारले जनाएको छ ।

अहिले दक्षिण कोरियाले राजधानी सियोलबाहिर एउटा 'मेगा चिप कलस्टर' को निर्माण गरिरहेको छ । विश्वकै ठूलो मानिएको एउटा उद्योगमा मात्रै हजारौँ रोजगारी सृजना हुने अपेक्षा छ । गएको मार्चमा मात्रै कोरियाले झन्डै १२ अर्ब डलर बराबरको चिप निर्यात गरेको थियो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया