१० महिनामा काठमाण्डौ महानगरको बजेट खर्च साढे ३१ प्रतिशत, ३ वटा क्षेत्रमा १ रुपैयाँ पनि खर्च भएन

 जेठ १०, २०८१ बिहीबार १५:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ३१ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले चालू आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि वैशाख मसान्तसम्म जम्मा सात अर्ब ६४ करोड २८ लाख रुपैयाँ खर्च गरेको हो । अब महानगरसँग १६ अर्ब ४४ करोड २८ लाख रुपैयाँ बजेट मौज्दात छ ।

१० महिनामा काठमाण्डौ महानगरपालिकाले सबैभन्दा धेरै ऊर्जा क्षेत्रमा खर्च गरेको छ । महानगरले ऊर्जा क्षेत्रमा पाँच करोड ९६ लाख विनियोजन गरेकोमा ६१ प्रतिशतभन्दा धेरै अर्थात् तीन करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । महानगरले वित्तीय सुशासनमा ५९ लाख विनियोजन गरेकोमा साढे ६१ प्रतिशतभन्दा धेरै अर्थात् ३६ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ४३ करोड विनियोजन भएकोमा ६० प्रतिशतभन्दा धेरै अर्थात् दुई अर्ब सात करोड रुपैयाँ खर्च भएको छ । महानगरले शिक्षा तथा पर्यटन क्षेत्रमा ४९ प्रतिशतभन्दा धेरै खर्च गरेको छ । शिक्षामा दुई अर्ब ७४ करोड विनियोजन भएकोमा एक अर्ब ३४ करोड र पर्यटनमा ३३ करोड ५३ लाख विनियोजन भएकोमा १६ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ ।

महानगरले स्वास्थ्य क्षेत्रमा भने निकै कम खर्च गरेकाे छ । स्वास्थ्यमा एक अर्ब १० करोड विनियोजन भएकोमा १५ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यस्तै कृषिमा साढे दुई, खानेपानी तथा सरसफाइमा झन्डै ४० प्रतिशत, युवा तथा खेलकुदमा साढे नौ प्रतिशत, विज्ञान तथा प्रविधिमा साढे ३८ प्रतिशत, पुनर्निर्माणमा साढे २९ प्रतिशत र वातावरण तथा जलवायु क्षेत्रमा २० प्रतिशत बजेट खर्च भएको छ ।

महानगरले तीन वटा क्षेत्रमा भने १० महिनासम्ममा एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था र श्रम तथा रोजगारी क्षेत्रमा बजेट खर्च शून्य छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया