चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

 जेठ १०, २०८१ बिहीबार १५:८:१४ | रासस
unn.prixa.net

काठमाण्डाै – चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनको कार्यक्रम भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) ले संयुक्त रूपमा ग्वान्जाओमा आयोजित ३२ औँ 'ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर' (जीआईटीएफ) मा सक्रिय सहभागी भई नेपालको पर्यटन प्रवर्द्धन गरेको छ ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको 'आउटबाउन्ड टुरिजम' अर्थात् देशबाहिर घुम्ने पर्यटकहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल पर्यटकमध्ये एक प्रतिशतमात्रै पनि नेपाल ल्याउन सके पर्याप्त हुने जानकारहरू बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई देशबीच विभिन्न समयमा हुने कुटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

अहिले ग्वान्जाओबाट चीनको साउदर्न एअरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ । आउँदो जुन १ तारिखदेखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा चीनबाट ६० हजार आठ सय ७८ जना पर्यटक नेपाल आएका थिए ।

तस्बिर : पाटा नेपालकाे फेसबुकबाट

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया