टी–२० विश्वकपअघि क्यानडाका प्रशिक्षक पुबुदु दासानायके बर्खास्त

 जेठ १०, २०८१ बिहीबार १८:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुनु केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म दुई पटक नेपालको प्रशिक्षक पनि बनेका थिए । यस्तै उनी अमेरिकाको प्रशिक्षक पनि बनेका थिए । पुबुदुले क्यानडाको प्रशिक्षकको रूपमा दोस्रो कार्यकाल सम्हाल्दा टोलीलाई छनोट चरण पार गराउँदै यस पटकको टी–२० विश्वकपमा पुर्‍याएका थिए । यस्तै उनकै नेतृत्वमा क्यानडाले सन् २०२३ विश्वकप क्वालिफायर प्लेअफमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गरेको थियो ।

क्यानडा क्रिकेट सङ्घमा नयाँ नेतृत्व आएपछि विश्वकपका लागि खेलाडी छनोटको विषयलाई लिएर पदाधिकारी र प्रशिक्षकबीचबीच विवाद देखिएको खबरमा उल्लेख छ । यस्तै केही खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेप्रति असन्तुष्टि जनाएका बताइएको छ ।

नवौँ संस्करणको टी–२० विश्वकप यही जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया