महाभारतसहित ५ वटा पालिकाकाे बेरुजू शून्य

 जेठ १४, २०८१ सोमबार १८:२३:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७९/८० मा पाँच वटा पालिकाको बेरुजू शून्य देखिएको छ ।

महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको महाभारत, पाँचथरको याङवरक, ताप्लेजुङको पाथिभरा याङवरक, धादिङको बेनीघाट रोराङ र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य देखिएको हो । कार्यालयका अनुसार सातै प्रदेशका सात सय ५३ पालिकामध्ये सात सय ४६ वटाको लेखापरीक्षण गरिएकोमा पाँच वटा पालिकामा तहका बेरुजू शून्य देखिएको हो ।

महाभारत गाउँपालिकामा गएको आर्थिक वर्षमा एक अर्ब २५ करोड ४४ लाख रुपैयाँको लेखापरीक्षण भएको थियो । यस्तै याङवरकमा एक अर्ब १५ करोड ६१ लाख, पाथिभरा याङवरकमा ९८ करोड ७१ लाख, बेनीघाट रोराङमा एक अर्ब ३५ करोड २५ लाख र कोन्ज्यसोम गाउँपालिकामा ८५ करोड ७३ लाख रुपैयाँको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार गएको वर्ष ९५ अर्बभन्दा धेरै थपिएर सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । कुल लेखापरीक्षणको १ दशमलव २ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

रीत नपुर्‍याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमिता तथा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथा लेखापरीक्षण गर्दा देखिएका कमजोरीलाई बेरुजु रकम भनिन्छ । महालेखा कार्यालयका अनुसार सबै बेरुजु भ्रष्टाचारभित्र पर्दैनन्, बेरुजु रकमभित्र भ्रष्टाचार भने भएको हुन सक्छ ।

तस्बिर : गाउँपालिकाकाे वेबसाइटबाट

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया