टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

 जेठ १५, २०८१ मंगलबार ७:११:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा एक सय २० रनमा समेटियो । नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । क्यानडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । उसका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाएका थिए ।

नेपालले अब दोस्रो अभ्यास खेलमा अमेरिकासँग पर्सि बिहिवार खेल्नेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको विश्पकप जुन २ तारिखदेखि शुरु हुदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया