काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा बिहानैदेखि वर्षा

 जेठ १५, २०८१ मंगलबार ७:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकालगायत देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘रेमल’को अप्रत्यक्ष प्रभावका कारण बाग्मती र गण्डकी प्रदेशमा थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै गण्डकीको नवलपुरमा ८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाकाअनुसार बिहान कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाकाअनुसार राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही ठाउँमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैबीच, कोशी, मधेश, गण्डकी प्रदेश लगायत पहाडी भू–भागमा बदली र वर्षा हुँदा केही शीतल अनुभव भए पनि सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने गर्मी हुन सक्ने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया