रेमल आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गयो

 जेठ १५, २०८१ मंगलबार ९:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ ।

यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएको हो । बङ्गदेलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु आसपासका क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो तटीय क्षेत्र जलमग्न भएको थियो ।

अस्ति आइतवार बेलुकादेखि सक्रिय आँधीका कारण झण्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्थानीय अधिकारीहरुकाअनुसार ३६ लाख बालबालिकासहित झण्डै ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन् । आइतवार आएको आँधी हिजो सोमवारदेखि भने केही कमजोर भएको भारतको मौसम विभागले जनाएको छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया