साउदी प्रो लिगमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान

 जेठ १५, २०८१ मंगलबार ९:२५:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एकै सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे ।

योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा ३१ खेलमा ३५ गोल गरे । यसअघि अल नासरका अब्देरराजक हमदल्लाहले सन् २०१८/१९ को सिजनमा ३४ गोल गरी कीर्तिमान बनाएका थिए ।

यो सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन उच्च रहे पनि टोलीलाई उपाधि दिलाउन भने सकेनन् । साउदी प्रो लिगको उपाधि यसअघि नै अल हिलालले जितेको थियो । अल नासरले दोस्रोमा रहेर लिग टुङग्याएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया