विद्युतीय गाडीको कर बढ्यो, महँगो गाडीलाई महँगै कर

 जेठ १५, २०८१ मंगलबार १९:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारले विद्युतीय गाडीको भन्सार दर र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज गरेको बजेट भाषणअनुसार विद्युतीय गाडीमा ५ देखि २० प्रतिशतसम्म भन्सार दर र अन्तःशुल्क बढेको हो ।

५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार दर बढाएर १५ प्रतिशत बनाइएको छ । पाँच प्रतिशत अन्तःशुल्क लाग्नेछ । यस्तै अब ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका गाडीमा ३० प्रतिशत भन्सार लाग्नेछ भने २० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

यस्तै २ सयदेखि ३ सय किलोवाट मोटर क्षमताका गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । र ३ सयभन्दा बढी मोटर क्षमता भएका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्क कर लाग्ने व्यवस्था गरिएको सरकारले जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया