बजेटमाथिको छलफल आइतवारदेखि शुरु हुने : २३ गते अर्थमन्त्रीले जवाफ दिने

 जेठ १६, २०८१ बुधबार ८:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।

अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो । लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उहाँले बजेट पेस गर्नुभयो । प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक २०८१ पनि पेस गर्नुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन जेठ २०, २१ र २२ सम्म बजेटमाथि छलफल हुनेछ ।

प्रतिनिधिसभामा जेठ २३ मा अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनुहुनेछ । त्यसअघि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुहुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बजेटमा छलफलका लागि आइतवार दिउँसो सवा १ बजे बैठक बोलाउनुभएको छ ।

सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया